पोखरा । सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट), पोखराको २१ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रति थप जवाफदेही हुनुपर्ने बताए। आफ्नो कार्यक्षेत्र प्रति स्पष्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे।
कमिकमजोरीहरू निराकरण गर्दै आफूहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भूमिका सधैँ सहयोगी हुने उल्लेख गरे।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक विकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका-८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पवित्रा केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभाले सूर्य प्रसाद न्यौपानेले पेश गरेको सचिवको प्रतिवेदन र सञ्जय सुवेदीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतरूपले पारित गरेको थियो।
संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सूर्य प्रसाद न्यौपानेले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह