काठमाडौं । पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन् । शनिबार क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई ११ मतले पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे । दुई वर्षअघि क्रिकेटको ब्यवस्थापनमा आउने उद्घोष सहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले क्रिकेटबाट सन्यास लिएको दुई वर्षमै क्रिकेटको मुख्य पदमा निर्वाचित भएका छन् ।
प्रशान्त क्यानका पूर्व कार्यवाहक सचिव थिए । विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात् उनले कावा सचिव पदबाट राजीनामा दिएका थिए ।
क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित रहे ।
महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।
निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट, मधेश प्रदेशबाट माधव कर्माचार्य निर्वाचित भए । मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन् ।
खुल्ला सदस्यमा धिरेन्द्र सावदले ५९, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१, विरेन्द्र चन्द ३४, करन महत्रा क्षेत्री निर्वाचित भए । खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु