श्यामशितल परियार, लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा रहेको भोटेओडार सामुदायिक केन्द्रले एम्बुलेन्स सेवा सुरु गरेको छ । सामुदायिक केन्द्रले विशेषगरी दुरदराजमा रहेका गरिब, निमुखा नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्नका लागि शनिबारबाट एम्बुलेन्स सेवा सुरु गरेको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले शनिबार रिबन काटेर एम्बुलेन्स सेवाको उद्घाटन गरे ।उद्घाटन सत्रमा बोल्दै उनले दुरदराजसम्म एम्बुलेन्स सेवा पुर्याउनु आवश्यक रहेको बताए । नगरपालिकाका सबै बस्ती टोलटोलमा एम्बुलेन्स सेवा पुर्याउन सडकको स्तर सुधार्नु आवश्यक रहेको बताउँदै त्यो पाटोमा नगरपालिले काम गरिरहेको बताए ।
‘सडकको स्तर उकास्दै नगरका प्रत्येक वडावडामा एम्बुलेन्स सेवा पुर्याउन हामी प्रतिवद्ध छौँ । घाईते तथा बिरामीलाई तत्कालै अस्पतालसम्म पुर्याउनका लागि भविष्यमा अरु एम्बुलेन्स पनि थप गर्नेछौँ,’ उनले भने ।सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाहले दुरदराजमा रहेका नागरिकलाई केन्द्रले सरल, सहज र छिट्टो रुपमा एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
भोटेओडार सामुदायिक केन्द्रका सचिव बद्री खनालका अनुसार एम्बुलेन्स सेवा सञ्चालनका लागि देशविदेशमा रहनुभएका सहयोगी व्यक्तिहरुसंग सहयोग माग गरिएको र उनीहरुबाट सहयोग प्राप्त भएको उहाँले बताए । उनका अनुसार हालसम्म केन्द्रलाई १४ लाख ८८ हजार ६ सय १९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
१० लाख १२ हजार ४ सय रुपैयाँ खर्चेर केन्द्रमा नयाँ एम्बुलेन्स ल्याईएको हो । केन्द्र सामाजिक संस्था रहेकाले आफुहरुको नाफा कमाउने उद्धेश्य नरहेको केन्द्रका अध्यक्ष मनराज गुरुङले बताए । ‘बिरामी, दुर्घटनामा परी घाईते भएका, दूरदराजमा रहेका गरिब, अपांग, निमुखा, वृद्धवृद्धा, बालबालिकालाई एम्बुलेन्स सेवा प्रदान गर्नु हाम्रो उद्धेश्य हो,’ गुरुङले भने ।

बजारी क्षेत्रमा मात्र नभई दुरदराजमा रहेका नागरिकसम्म एम्बुलेन्स सेवा पुर्याउन केन्द्र लागि पर्नुपर्ने स्थानीय हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार गाउँगाउँमा एम्बुलेन्स सेवा पुर्याउनका लागि सबैभन्दा पहिले बाटो सडक बनाउनुपर्छ । बनाईएका सडकको स्तरोन्नती गर्नु आवश्यक छ ।
‘बाटोको स्तर उकास्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्छ । दुरदराजमा रहेका नागरिकले एमबुलेन्स सेवा पाए मात्रै यसको अर्थ हुनेछ,’ उनले भने ।
कार्यक्रमकै अवसरमा एम्बुलेन्स खरीदमा सहयोग पुर्याएका विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मानपत्रको साथमा सम्मनित गरिएको थियो । केन्द्रका अनुसार सुन्दरबजार नगरपालिकाका संगै आसपासका क्षेत्रका नागरिक एम्बुलेन्स सेवाबाट लाभान्वित हुनेछन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?