४४ औं विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव आयोजना गरिने भएको छ। आगामी २७ सेप्टेम्बर (असोज १०) मा ‘टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट’ मूलनाराका साथ विश्वभर पर्यटन दिवस मनाइँदैछ। लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म यातायात रोकेर सडक महोत्सव गर्न लागिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
‘सडकमै खाउँ, सडकमै रमाउँ भनेर पर्यटन दिवसमा सडक महोत्सव आयोजना गरेका छौं,’ श्रेष्ठले भने, ‘सडक महोत्सवले पर्यटकलाई आकर्षण गर्ने हाम्रो अपेक्षा छ।’
महोत्सवमा नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा नेपालका विभिन्न साँकृतिक झाँकीसहित र्यालीको आयोजना गरिएको श्रेष्ठले बताए।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा सडक महोत्सव गर्न लागिएको हो। अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने सडक महोत्सव चर्चित छ। सोही प्रकारको मिनी महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए।
पर्यटन दिवसका अवसरमा भारतका टुर अपेरटर र सञ्चारकर्मीसँग पोखरामा अन्तर्क्रियासमेत आयोजना गरिएको छ। उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने परिषद् अध्यक्ष श्रेष्ठले जानकारी दिए।
भारतीय टुर अपरेटर र सञ्चारकर्मीलाई मुक्तिनाथ र गोरखा घुमाउने योजनासमेत छ। भारतीय पर्यटकलाई आकर्षित गर्न उक्त कार्यक्रम राखिएको आयोजकले बताएको छ।
यही असोज १० गते ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ विश्वभर ४४ औं विश्व पर्यटन दिवस मनाइँदैछ। दिवसका अवसरमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखराले पदयात्रा कार्यक्रम राखेको छ। दिवसका अघिल्लो दिन असोज ९ मा पोखराकै मार्गीदेखि पुम्दीकोटसम्म एक दिने पदयात्रा राखेको टान अध्यक्ष धर्म पन्थीले बताए।
गण्डकी सरकारले विश्व पर्यटन दिवस प्रदेशको ११ वटै जिल्लामा मनाउने तयारी गरेको छ। पर्यटकलाई स्वागतदेखि अन्तक्रियात्मक कार्यक्रम राखेर दिवस मनाउन लागिएको पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरूङले जानकारी दिए।
प्रदेशले ग्रामीण पर्यटन प्रवर्द्धन र पर्यटकीय पूर्वाधारमा लगानी गरेको उनले बताए। गण्डकीका ११ जिल्लामा पर्यटकीय गन्तव्य बनाउन प्रदेशले विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्यन गरिरहेको छ। जसमध्ये ६ वटा गन्तव्यको परियोजना तयार भएर कार्यान्वयनमा गएको सचिव गुरूङले बताए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु