नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् ।
‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने ।
नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरूले गत (२०७९वैशाख) को स्थानीय निर्वाचन, टिकट वितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भई सक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’
यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमीकमजोरीलाई करेक्सन गरेर अघि बढ्ने हो’ उनले भने ।
प्रत्येक नेता कार्यकर्तालाई आफू भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै पाण्डेले भने ‘आफू मात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ, हरेकले खराब प्रवृत्ति बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन ।’
वडा सभापति देखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेसको सङ्गठन सुदृढीकरण र बिस्तार हुने बताए ।
गाउँघरमा हुने विकास आयोजनामा सहभागिता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संवाद बाक्लो बनाएमा सङ्गठन बिस्तार गर्न सकिने उनले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो