गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनमा ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि चुनिएका छन् ।
प्रदेशका ११ जिल्लाबाट सहभागी हुने ती प्रतिनिधीले नयाँ नेतृत्व छनौट गर्ने प्रदेश अध्यक्ष नवराज शर्माले बताए । पार्टीले आइतबार पोखरामा सञ्चारकर्मीसंग भेटघाट कार्यक्रम आयोजना गरी प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र बन्द शत्रपछि हुने निर्वाचनले नयाँ नेतृत्व छनौट गर्ने जानकारी दिएको छ ।
अधिवेशनमा सबैभन्दा धेरै प्रतिनिधि कास्की जिल्लाबाट रहनेछन् । कास्कीबाट कुल १ सय ४६ जना प्रतिनिधि सहभागी बन्दा स्याङजाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, मनाङबाट १४, मुस्ताङबाट १६, गोरखाबाट ५३, तनहुँबाट ८२, लमजुङबाट ६५, म्याग्दीबाट ४२, बागलुङबाट ७२ र जनसंगठनबाट ८६ प्रतिनिधिले सहभागीता जनाउने एमाले गण्डकी प्रदेश उपसचिव एवं प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्र झाँकीसहित भव्य बनाउने तयारी छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति हुने दाबी एमाले गण्डकीले गरेको छ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सो कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा लगायतका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष शर्माले वताए।
अधिवेशनको उद्घाटन समारोह अगाडि सहभागीहरु पोखराको हस्पिटलचोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट बृहत झाँकिसहितको र्याली मार्फत अम्मरसिंह चौरतर्फ प्रस्थान गर्नेछन् ।
अधिवेशन मार्फत १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । प्रदेश गण्डकीका अध्यक्ष शर्माले विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन गरिने भएकोले रिजल्ट आउन समय नलाग्ने सञ्चारकर्मीसँग बताए ।
‘१५ गते उद्घाटन सत्र र साँझ बन्द सत्र सुरु हुने, १६ गते प्रतिवेदनमाथि छलफल र निर्वाचन प्रक्रिया आरम्भ गरिने र १७ गते मतदान गरेर सोहि दिन रिजल्ट सार्वजनिक गर्ने तयारी गरेका छौं’ शर्माले भने । अधिवेशनको लागि बाहिरी जिल्लाबाट पोखरामा आउने प्रतिनिधिको आवासको लागि २१ वटा होटल बुक गरिएको र प्रतिनिधिहरु तोकिएका स्थानहरुमा नै रहनुपर्ने गरी व्यवस्था मिलाइएको छ ।
एमाले सचिव एवं प्रदेश इञ्चार्ज गोर्कण विष्टले सहमतिको अन्तिम प्रयास बाँकी नै रहेको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे