पोखरा । पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले विद्यार्थीहरुलाई कसरी प्रभावकारी ढंगले अध्यापन गराउनेबारे प्राध्यापक, शिक्षकलाई अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा प्राध्यापक नगेन्द्र बहादुर भण्डारीले विद्यार्थी र प्राध्यापकहरु बीचको मनोविज्ञानको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे । भण्डारीले प्रध्यापकहरुले विद्यार्थीहरुको मनोभावना बुझी पठनपाठन गराएको खण्डमा विद्यार्थीहरुले प्रभावकारी ढङ्गले सिक्न सक्ने तर्फ जोड दिए ।
क्याम्पस प्रमुख कृष्णबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संयोजक बाबुराम लामिछानेले पाठ्य योजना सम्बन्धमा अवधारणापत्र प्रस्तुत गरे । उनले प्राध्यायपकहरुले पाठ्य योजना तर्जुमा गरि पठनपाठन गरेको खण्डमा विद्यार्थीहरु लाभान्बित हुने उल्लेख गरे ।
उक्त कार्यपत्रहरु माथि प्रध्यापक टोप बहादुर थापाले टिप्पणी गरेका थिए । पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालले सिकेका ज्ञान अनुभवलाई व्यवहारमा उतार्न सम्पूर्ण प्राध्यापकवर्गलाई अनुरोध गरे ।
उक्त अवसरमा पोखरा मल्टिमोडल प्रा. लि. का सल्लाहकार प्रा.डा.यदुन्नदन उपाध्यायले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पोखरा मल्टिमोडल क्याम्पसका सम्पूर्ण प्रध्यापकहरुको सक्रिय सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो