बडादशैंको अवसरमा स्याङ्जामा प्रम माछापुच्छ्रे कप २०८० आयोजना गरिने भएको छ । पुतलीबजार नगरपालिका ६ टक्सार स्थित माछापुच्छ्रे युवा क्लबले पहिलोपटक माछापुच्छ्रे कप आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यसमा विशेष आकर्षण प्रथम खुल्ला भलिबल र छेलो प्रतियोगिता रहनेछ । ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
खेल कार्तिक १ गते देखि ३ गतेसम्म सञ्चालन हुनेछ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीले नगद ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र उत्कृष्ट खोलाडीले ३ हजार प्राप्त गर्नेछन् ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न जिल्लाका टोली तथा खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक राजेश च्वाईले बताए । इच्छुक टोलीले असोज ३० गतेसम्म टीम दर्ता गर्न सक्नेछन् ।
यस्तै, छेलोतर्फ प्रथम हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र, दोस्रो हुनेले ३ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो