पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको एतिहासिक चण्डि मन्दिरमा यस वर्ष पनि नवदुर्गा पुजा तथा चण्डी पाठ गरिने भएको छ ।
चण्डिमाई सेवा समिति, चण्डिका आमा समुह र दरबारथोक टोल विकास संस्थाको सम्युक्त भेलाले विमला रानाभाटको संयोजकत्वमा २१ सदस्यीय नवदुर्गा पुजा तथा चण्डी पाठ मुल आयोजक समिति २०८० गठन गरेको छ ।
परापुर्वकाल देखि हिन्दु धर्मावम्बीहरुले स्थापना गरि सामुहिक रुपले पुजा अर्चना गर्दै आइएकोमा विगत केहि सालदेखि दुर्गा भगवती तथा अन्य देवि देवताका स्थायी मूर्ति बनाई नियमित रुपमा दुर्गा पुजा गर्दै आईरहेको चण्डिमाई सेवा समितिका अध्यक्ष तथा पुजा व्यवस्थापन उपसमिति संयोजक तेजबहादुर भुजेलले बताए ।
नवदुर्गा पुजा असोज २८ गते घटस्थापनाको दिन देखि दैनिक रुपमा पण्डित विशाल चापागाइँद्धारा चण्डिपाठ परायण हुने, महाअष्टमीमा देवीको तश्रो नेत्र दर्शन, नवामीमा फुलपाती विसर्जन गरी यो वर्षको नवदुर्गा गरिने प्रचारप्रसार उपसमिति संयोजक कृष्ण रानाभाटले बताए ।
समितिको सहसंयोजकमा शोभा अधिकारी, सचिवमा शोभाकान्त सिग्देल, कोषाध्यक्षमा निलम खवास, सहसचिवमा शान्ति भुजेल, सहकोषाध्यक्षमा इन्द्रबहादुर खवास, सदस्यहरुमा बुद्धि बहादुर रानाभाट, विष्णु बहादुर खवास, सिता नेपाली, रचना खवास, सुनिता केसी, गौरा पौडेल, मिलन केसी, कृष्ण बहादुर श्रेष्ठ, कृष्ण माया कार्की, कमला पाण्डे, हिरा घले, मेनका श्रेष्ठ, उषा माता रहेका छन् ।
त्यसै गरी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, पुजा व्यवस्थापन समिति संरक्षक तेजबहादुर भुजेल, वेदनाथ कोइराला, पुर्ण बहादुर भुजेल, टिका भु्जेल, वेद कुमार श्रेष्ठ, रामु वास्तोला, अमृतमान श्रेष्ठ, श्याम राना, जगत केसी, हरिमाया गुरुङ, विर बहादुर गुरुङ, शालिकराम अधिकारी, पुष्पा आचार्य, हरि भुजेल, रमेश पौडेल, खिमा गुरुङ, कृष्ण रानाभाट, केशब प्रसाद रेग्मी, हरिश्चन्द्र तिवारीलाई सल्लाहकारमा चयन गरिएको छ ।
साथै पुजा व्यवस्थापन उपसमितिको संयोजकमा तेज बहादुर भुजेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा निलम खवास, प्रचारप्रसार उपसमितिको संयोजकमा कृष्ण रानाभाट, साँस्कृतिक उपसमितिको संयोजकमा उषा माता, साउण्ड सिष्टम बत्ती माइक उपसमितिको संयोजकमा कृष्ण बहादुर श्रेष्ठ, शान्ति सुरक्षा उपसमितिको संयोजकमा हिरा घले र सरसफाई व्यवस्थापन उपसमितिको जिम्मेवारी चण्डिका आमा समुहलाई प्रदान गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन