राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान, नेपालकी अध्यक्ष रिता थापा मगरले रोधी, दोहोरी साँझ जस्ता सांस्कृतिक महत्वका स्थलहरु छाडा बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । दोहोरी व्यवसायी संघको साधारणसभा बोल्दै उनले भनिन् – ‘दोहोरी साँझमा मौलिक संस्कृतिलाई बिगारेर, बलात्कार गरेर नाचेका भिडियोहरु देखिरहनुभएकै होला । अब हामी दुई पक्ष मिलेर संस्कार बिगार्नेलाई कारबाही गर्ने, नैतिक बहिस्कार गर्नुपर्छ ।’
उनले दोहोरी साँझलाई संस्कारी र मर्यादित बनाउने जिम्मेवारी दोहोरी व्यवसायी र लोक तथा दोहोरी गीत प्रतिष्ठानको हो भन्दै गलत गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिइन् ।
अध्यक्ष रिताले भनिन् – ‘हाम्रो भेटघाट अन्तरक्रिया कम भयो । दोहोरी व्यवसायी र लोकदोहोरी प्रतिष्ठानबीचको भेट प्रहरी चौकीमा कार्यालयमा हुने गरेको थियो । कलाकार पिटिने, तलब नपाउने, अफ्ठेरो पर्दा मात्र भेट हुने गरेकोमा अहिले यसरी सौहार्दपूर्वक वातावरणमा भेट हुन पाएको छ । खुशी लागेको छ ।’
उनले दोहोरी व्यवसायी र दोहोरी साँझमा काम गर्ने कलाकारहरुबीच अन्तरक्रिया गर्ने उद्देश्य रहेको सुनाउँदै संस्थागत प्रशिक्षण चलाउने भन्ने कार्ययोजना रहेको बताईन् । तर, कलाकारहरुको समय पाउने गरेको छैन भन्दै उनले अफ्ठेरो पर्दा, तलब नपाउँदा, झगडा पर्दा मात्र प्रतिष्ठान सम्झने होइन, अरु बेला पनि सम्झन अनुरोध गरिन् ।
उनले ६९ दोहोरी साँझको संस्थाले हजारौं हजारलाई रोजगारी दिएकोमा खुशी व्यक्त गर्दै तलब नियमित गर्न सुझाव दिइन् । कलाकार साथीहरु पनि ईमान्दार, अनुशाषित भएर कर्मममा विश्वास गरेर, मेहनत गर्न सुझाव दिँदै दोहोरी व्यवसायीहरुले पनि लाखौं लाख लगानी गरेर केही प्राप्तिको आश गरेको हुन्छ, त्यसैले कलाकार पनि कर्ममा लगनशील रहने सल्लाह दिइन् ।
ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दोहोरी साँझलाई मन्दिरका रुपमा मानेर काम गर्न उनले आग्रह गरिन् । गामबेशी दोहोरी साँझमा दशकौं वर्ष काम गरेको स्मरण गर्दै उनले अहिले अध्यक्ष भइरहँदा पहिचान नै गामवेशीको कलाकार बहिनी भनेर चिनिएको बताइन् ।
सम्बन्धित खबर
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा सर्वोच्चले माग्यो थप प्रमाण
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो