राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान, नेपालकी अध्यक्ष रिता थापा मगरले रोधी, दोहोरी साँझ जस्ता सांस्कृतिक महत्वका स्थलहरु छाडा बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । दोहोरी व्यवसायी संघको साधारणसभा बोल्दै उनले भनिन् – ‘दोहोरी साँझमा मौलिक संस्कृतिलाई बिगारेर, बलात्कार गरेर नाचेका भिडियोहरु देखिरहनुभएकै होला । अब हामी दुई पक्ष मिलेर संस्कार बिगार्नेलाई कारबाही गर्ने, नैतिक बहिस्कार गर्नुपर्छ ।’
उनले दोहोरी साँझलाई संस्कारी र मर्यादित बनाउने जिम्मेवारी दोहोरी व्यवसायी र लोक तथा दोहोरी गीत प्रतिष्ठानको हो भन्दै गलत गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिइन् ।
अध्यक्ष रिताले भनिन् – ‘हाम्रो भेटघाट अन्तरक्रिया कम भयो । दोहोरी व्यवसायी र लोकदोहोरी प्रतिष्ठानबीचको भेट प्रहरी चौकीमा कार्यालयमा हुने गरेको थियो । कलाकार पिटिने, तलब नपाउने, अफ्ठेरो पर्दा मात्र भेट हुने गरेकोमा अहिले यसरी सौहार्दपूर्वक वातावरणमा भेट हुन पाएको छ । खुशी लागेको छ ।’
उनले दोहोरी व्यवसायी र दोहोरी साँझमा काम गर्ने कलाकारहरुबीच अन्तरक्रिया गर्ने उद्देश्य रहेको सुनाउँदै संस्थागत प्रशिक्षण चलाउने भन्ने कार्ययोजना रहेको बताईन् । तर, कलाकारहरुको समय पाउने गरेको छैन भन्दै उनले अफ्ठेरो पर्दा, तलब नपाउँदा, झगडा पर्दा मात्र प्रतिष्ठान सम्झने होइन, अरु बेला पनि सम्झन अनुरोध गरिन् ।
उनले ६९ दोहोरी साँझको संस्थाले हजारौं हजारलाई रोजगारी दिएकोमा खुशी व्यक्त गर्दै तलब नियमित गर्न सुझाव दिइन् । कलाकार साथीहरु पनि ईमान्दार, अनुशाषित भएर कर्मममा विश्वास गरेर, मेहनत गर्न सुझाव दिँदै दोहोरी व्यवसायीहरुले पनि लाखौं लाख लगानी गरेर केही प्राप्तिको आश गरेको हुन्छ, त्यसैले कलाकार पनि कर्ममा लगनशील रहने सल्लाह दिइन् ।
ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दोहोरी साँझलाई मन्दिरका रुपमा मानेर काम गर्न उनले आग्रह गरिन् । गामबेशी दोहोरी साँझमा दशकौं वर्ष काम गरेको स्मरण गर्दै उनले अहिले अध्यक्ष भइरहँदा पहिचान नै गामवेशीको कलाकार बहिनी भनेर चिनिएको बताइन् ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ