पोखरा । लायन्स क्लब अफ पोखरा लेकसाइडले केदारेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।
प्रमुख अतिथि रिजन चेयर पर्सन जयराम तिमील्सिनाले रुद्राक्षको बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गर्दै लेकसाइड जस्तो पर्यटकिय ठाउँमा अवस्थित मन्दिर परिसरमा वृक्षारोपण गरेर क्लबले उल्लेखनीय कार्य गरेको भन्दै आभार प्रकट गरे । उनले वृक्षारोपणले वातावरण सुन्दर, पर्यावरणीय अनुकूल तथा ग्लोबल वार्मिङ न्यूनिकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमका विशेष अतिथि जोन चेयर पर्सन बिन्दा श्रेष्ठले वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउनका लागि वृक्षारोपण गर्नैपर्ने बताइन् ।

क्लबका अध्यक्ष बलराम पहारीले पर्यटकिय नगरी पोखरालाई अझ सुन्दर बनाउनको लागि प्लास्टिक वा प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नगरौँ, वातारण संरक्षणको लागि आफ्नो घर वरपर वृक्षारोपण गरौ भन्ने सन्देश दिदै वृक्षारोपण कार्यक्रमको उद्देश्यबारे प्रस्ट पारे । वृक्षारोपणले आफू मात्रै नभई भावी सन्ततीको समेत रक्षा गर्ने हुँदा हरेक व्यक्ति तथा संघसंस्थाले समय समयमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा क्लबका ३५ जना सदस्य सहित स्थानिय समाजसेवीहरु मिलेर १०० भन्दा बढी बिभिन्न जातका बिरुवाको रोपिएको थियो । केदारेश्वर मन्दिर परिसरमा रुद्राक्ष, धुपी, कपुर, पारीजात लगाएतका बिरुवाहरु रोपिएको थियो ।

सो अवसरमा पहिले रोपिएका बिरुवाहरुको गोडमेल गर्ने तथा झाडी फडानी समेत गरिएको थियो । पहिले बिरुवा रोपिएको ठाउँमा मोटर गाडी पार्किङ गर्ने गरिएको हुँदा उक्त स्थललाई तारबार लगाइ पार्किङ गर्न नमिल्ने समेत बनाइएको खिम लामिछानेले जानकारी दिए ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए