पोखरा । गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको पहिलो अधिवेसनले विष्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेशका पुर्व सांसद समेत रहेका विष्ट एम्योचर गल्फर हुन् ।
समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा तथा सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन भए । सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत भएका छन् ।
शनिबार नै कास्की जिल्ला गल्फ संघ समेत गठन भएको छ । जीवराम गुरुङको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा भक्तराज गुरुङ र बालकाशी गुरुङ, सचिवमा प्रज्ज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भए । सदस्यहरुमा दीपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ छन् ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा पदकको सम्भावना भएको गल्फमा खेलाडी उत्पादनमा विशेष जोड दिन आग्रह गरे । उनले नयाँ योजना र उर्जाका साथ अघि बढ्ने संगै परिषदले तय गरेका नीति तथा कार्यक्रमहरुमा एकतावद्ध भई गल्फ खेलको विकास र प्रवर्द्धनमा लाग्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितका सदस्य केशव बहादुर थापा, नेपाल गल्फ संघका केन्द्रिय सदस्य एवं निर्वाचन समितिका संयोजक भु बहादुर गुरुङ, पूर्व सांसद एवं गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष विष्टले सो अवसरमा आफ्ना भनाई राखेका थिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु