पोखरा । गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको पहिलो अधिवेसनले विष्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेशका पुर्व सांसद समेत रहेका विष्ट एम्योचर गल्फर हुन् ।
समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा तथा सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन भए । सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत भएका छन् ।
शनिबार नै कास्की जिल्ला गल्फ संघ समेत गठन भएको छ । जीवराम गुरुङको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा भक्तराज गुरुङ र बालकाशी गुरुङ, सचिवमा प्रज्ज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भए । सदस्यहरुमा दीपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ छन् ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा पदकको सम्भावना भएको गल्फमा खेलाडी उत्पादनमा विशेष जोड दिन आग्रह गरे । उनले नयाँ योजना र उर्जाका साथ अघि बढ्ने संगै परिषदले तय गरेका नीति तथा कार्यक्रमहरुमा एकतावद्ध भई गल्फ खेलको विकास र प्रवर्द्धनमा लाग्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितका सदस्य केशव बहादुर थापा, नेपाल गल्फ संघका केन्द्रिय सदस्य एवं निर्वाचन समितिका संयोजक भु बहादुर गुरुङ, पूर्व सांसद एवं गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष विष्टले सो अवसरमा आफ्ना भनाई राखेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो