पोखरा । यस वर्षको ‘पुलिस ब्याटन’ गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । केन्द्रीय मूल्याङ्कन समितिले गरेको कार्यदक्षता मूल्याङ्कनमा गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट भएको हो ।
६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी बुद्धिराज गुरुङलाई अवार्ड प्रदान गरेका छन् ।
मूल्याङ्कन समितिको सिफारिसको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट जिल्ला घोषित भएको छ । इलाकातर्फ इलाका प्रहरी कार्यालय बुटवल उत्कृष्ट भएको छ । इप्रका बुटवलका डिएसपी दान बहादुर थापालाई अवार्डेड भएका छन् ।
चौकीतर्फ इलामको श्रीअन्तु प्रहरी चौकी उत्कृष्ट हुन सफल भएको छ । गणतर्फ बाँकेस्थित खजुरीमा अवस्थित प्रहरी गण उत्कृष्ट भएको छ । तालिम केन्द्रतर्फ दुधौली तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर उत्कृष्ट भएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र डिआइजी यज्ञ विनोद पोखरेल सहितको मूल्याङ्कन टोलीले देशभरका प्रहरी कार्यालयमा पुगेर ‘कार्यदक्षता मूल्याङ्कन’ गरेका हुन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन