यस वर्षको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ ।
युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाले गर्ने छन् ।
८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।
युआरएल पत्रकारिता पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र छ । पोखराको सभागृहचोकमा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले युआरएल फाउन्डेसनमार्फत् सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि ऋषिराम खतिवडा, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा, प्रदीप पौडेल, हरिप्रसाद बास्तोला र आरजू विष्ट ‘सल्यानी’ले पाइसकेका छन् ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यसपालि पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कार र अवार्ड आगामी मंसिर २३ गते हुने युआरएलको वार्षिकोत्सव समारोहमा अर्पण गरिनेछ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला