यस वर्षको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ ।
युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाले गर्ने छन् ।
८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।
युआरएल पत्रकारिता पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र छ । पोखराको सभागृहचोकमा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले युआरएल फाउन्डेसनमार्फत् सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि ऋषिराम खतिवडा, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा, प्रदीप पौडेल, हरिप्रसाद बास्तोला र आरजू विष्ट ‘सल्यानी’ले पाइसकेका छन् ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यसपालि पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कार र अवार्ड आगामी मंसिर २३ गते हुने युआरएलको वार्षिकोत्सव समारोहमा अर्पण गरिनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो