पर्वतको सदरमुकाम कुश्मा बजारमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । एक जनालाई पाेखरा रेफर गरिएको छ भने अन्य सामान्य घाइते छन् ।
बागलुङदेखि नारायणगढ फर्किरहेको ना १ ज ५४३१ नम्बरको जीप दुर्घटनामा कुश्मा ७ दुर्लुङ चोकमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार जीपमा सवार ११ जनामध्ये अन्य ८ जना सकुशल छन् ।गुडिरहेको जीपको अचानक ब्रेक फेल भएपछि चालकले दाहिने पट्टी मोडेका थिए ।
दुर्घटनामा परी बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ५ बिउँ बस्ने ८७ बर्षका प्रज्ञाबहादुर पुन, सोहि स्थानका १२ बर्षकी जमुना सापकोटा र १४ बर्षका लक्ष्मी सापकोटा घाइते छन् । यस्तै, चितवन भरपुर महानगरपालिका ९ बस्ने १३ बर्षको लबसन गैरे र ४० बर्षकी राधिका गैरे पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको पर्वत अस्पतालमा उपचार भईरहेको छ ।
घाइतेमध्ये ८७ बर्षका प्रज्ञाबहादुर पुनलाई पोखरा रिफर गरिएको छ ।
तस्वीर: पर्वत न्यूज
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग