तनहुँ । डुम्रेबाट ९५ थान अबैध लागु औषध सहित ४ जना लाइ जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गएको छ । गत मंगलबार रातको समयमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ बेशिसहर चोक डुम्रेमा शंकित रुपमा भेटिएका भानु नगरपालिका वड नं. १ बस्ने बर्ष १८ का आशिष भुजेल र बन्दिपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १८ का अक्रम मियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु लाइ नियन्त्रणमा लिई आशिष भुजेलको साथबाट डाइजेपाम लेखेको २ मिलिको शिसा थान ३२ थान, नोफिन लेखेको २ मिलीको शिसा थान ३३ थान र फेनेरेगन लेखेको २ मिलिको शिसा थान ३० थान गरी ९५ थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त लागु औषध खरिद गर्न आएका बन्दिपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २५ का सागर खड्का बन्दिपुर र गाउँपालिका वडा नं.वडा नं. १ बस्ने बर्ष ३० को समिर बानिया लाई समेत सोही स्थानमा फेला पारी चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त लागु औषध सहित मोबाईल सेटहरु समेत बरामद गरेर उनिहरुलाई बुधबार लागु औषध मुद्दामा जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण