डाका मुद्दाको फरार प्रतिबादी ६ वर्षपछी पक्राउ : क्षेत्री पुर्पक्षको लागि थुनामा

डाका मुद्दाको फरार प्रतिबादी ६ वर्षपछी पक्राउ : क्षेत्री पुर्पक्षको लागि थुनामा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले डाका मुद्दाको फरार प्रतिबादी लाइ ६ वर्षपछी पक्राउ गरेको छ । तनहुँको साबिक राईपुर गा.बि.स. वडा नं. ४ बस्ने बर्ष ५९ का रुक प्रसाद लम्सालको २०६९ जेठ २९ गते रातको १२ बजेको समयमा घरमा हतियरा देखाएर २ तोलाको सुनको सिक्रीका गहनाहरु डाँका गरी वारदात पश्चात फरार रहेका मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई गत मंगलबार ब्यास नगरपालिका वडा नं. ३ स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साबिक केशबटार गा.बि.स. वडा नं. ७ हाल ब्यास नगरपालिका वडा नं. १४ स्थायी घर भएर हाल ब्यास नगरपालिका वडा नं. ४ बाघभन्ज्याङ डेरा गरी बस्ने  बर्ष ४४ को मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्री लाइ पक्राउ गरी जिल्ला अदातल तनहुँमा उपस्थित गराउदा साउन ९ गतेको अदालतको आदेशानुसार पुर्पक्षको लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds