लयमा फर्किँदै पर्यटन व्यवसाय, अक्टाेबरमा आए १ लाख १७ हजार पर्यटक

लयमा फर्किँदै पर्यटन व्यवसाय, अक्टाेबरमा आए १ लाख १७ हजार पर्यटक

kahu-dada

तस्बिर : अर्जुन थापा

काठमाण्डौ। अक्टाेबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो संख्या काेराेना महामारी शुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे ।

नेपाल भ्रमणमा आउने मध्ये सबैभन्दा धेरै पर्यटक छिमेकी देश भारतका छन्।अक्टाेबरमा मात्र भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् ।

यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।

पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसाय कोभिड अगाडिकै अवस्थामा फर्कन थालेको छ । मनाङ, मुस्ताङ लगायतका गन्तव्यमा पर्यटकको उच्च चापले व्यवसायीले पहिले होटल बुक गरेर मात्र पर्यटकलाई आउन सल्लाह दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds