कास्की : मृत अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०८:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ६ डेमसाईड स्थित रहेको क्रियापुत्री भवन नजिक फेवातालमा अन्दाजी ५०/५२ वर्षको मंगोलीयन अनुहारको पुरुष व्यक्ति पानिमा तैरिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
बागलुङ : मृत अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला बागलुङ, ताराखोला गाउपालिका ३ सादी स्थित कृष्ण कुमारी रोक्काको घरमा डेरा गरि बस्ने जिल्ला दोलखा घर बताउने, सोही एरियामा भरिया तथा ज्याला मजदुरीको काम गरी खाने वर्ष ३२/३३ को राजकुमार कार्की सयपत्री हाईड्रोपावरको ड्याममा डुवी मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ तत्कालप्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
पर्बत : अविरल वर्षाले घर भत्केको
मिति २०७५।०४।१० गते अन्दाजी ११:३० बजेको समयमा बेलुकी देखि आएको अबिरल वर्षाका कारण जिल्ला पर्वत जलजला गाउपालिका ४ बस्ने वर्ष ३६को राज बहादुर दमाइको ढुङ्गामाटोले बनेको टिनले छाएको १ तले कच्चि घर भत्किएको छ । घर, लत्ताकपडा, रासन, भाडाकुडा गरि अन्दाजी ३ लाख बराबरको क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको छ ।
कास्की : बेबारिसे घाईते अवस्थामा फेला
मिति २०७५।०४।१० गते अन्दाजी ०६:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका ८ सृजनाचोक स्थित जिल्ला धादिङ घर बताउने अन्दाजी वर्ष २०/२२ को ईश्वर भारती बेवारिसे घाईते अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’