उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
दुर्घटनामा परी जिल्ला उदयपुर कटारी नगरपालिका–३ का ३१ वर्षीय सुभास परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोसी गाउँपालिका–७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका–४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका–१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका–३ का ३० वर्षीय कृष्ण परियार र उदयपुर कटारी नगरपालिका–१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।
यस्तै, सिन्धुली दुधौली नगरपालिका–१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका–१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, १० वर्षीय अङ्कित श्रेष्ठ र १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका–२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका–१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेश दाहाल, ६० वर्षीया मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका–९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका–३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी र गोरखाको पालुङटार नगरपालिका–७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।
प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका–४ का १४ वर्षीय दीपसन राउत, कास्कीको पोखरा महानगरपालिका–१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका–५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका–१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका–१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका–१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका–३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका–२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका–६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका–७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका–१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् ।
घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’