पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ ।
डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यहाँको ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ ।
आँबु खैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको हो । पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ । दोस्रो खण्डभन्दा पहिलो खण्डमा काम तीव्र रुपमा भैरहेकाे छ ।
उनले तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताए । हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ । पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।
एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । पश्चिम खण्डको काम भने निकै सुस्ताएको छ । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण