पोखरा । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा यमप्रसाद भट्टराई, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिव प्रकाशकुमार कटुवाल र कोषाध्यक्ष माधव आचार्य छन् । सदस्यमा दोलराज लम्साल, दानबहादुर श्रेष्ठ, नवीन हमाल र विनोद लिगल छ ।
नवनिर्वाचित अध्यक्ष पोख्रेलले संस्थाले रजतजयन्ती मनाइरहँँदा र आफूले क्लबको नेतृत्व पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफू नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिबद्धता जनाए । यसअघि उनी सचिव थिए ।
नेपाल विद्युत व्यवसायी महासंघका केन्द्रीय सदस्य केशवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरा इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष नारायण सुवेदी, पोखरा इलेक्ट्रिक एसोसिएसनका तृतीय उपाध्यक्ष नीलबहादुर भुजेल लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृत पोख्रेल र स्वागत उपाध्यक्ष दीपक बास्तोलाले गरेका थिए । क्लबबारे सहसचिव प्रकाशकुमार कटुवालले प्रकाश पारेका थिए ।
‘दक्ष जनशक्ति आजको आवश्यकता, गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता’ उद्घोषका लागि २०५६ सालमा संस्थाको स्थापना भएको हो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’