पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र संस्कृतिको आदान–प्रदानका कार्यक्रम गरिने बताइन् । उनले नेपालको सुन्दरतासँगै यहाँको संस्कृतिको बारेमा खुलेर प्रशंसा गरिन् ।
गण्डकी–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले एम.ओ.यू. सम्झौता सँगै दुई संस्था मिलेर कला, संगीत र संस्कृतिको क्षेत्रमा काम गरिने जनाए । यसरी सहकार्य गर्दा विदेशमा यो क्षेत्रमा प्रयोग भइरहेका विभिन्न नवितम् ज्ञान समेत जान्ने बुझ्ने अवसर मिल्ने उनको भनाइ छ । एक अर्काबिचको सहकार्यमा प्रभावकारी कार्यक्रम गर्न सकिने भएकोले नेपालका रहेका विभिन्न प्रज्ञा–प्रतिष्ठान, संस्था सहित विभिन्न देशमा क्रियाशिल संस्थासँग समेत सहकार्य गर्ने कार्य भइरहेको सुनाए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षातामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?