पोखरा । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न जातजाती विशेष तथा समुदाय विशेषको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
“पछिल्लो समय नक्कल गर्ने संस्कृतिका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभास हुन थालेको छ । त्यसैले देउसी भैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाई राख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गरका हौ ।” पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले भने । पत्रकार सम्मेलनमा महोत्सवका मूल्याङ्गकन समितिको संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र संस्कृती बिलिन हुने अवस्था आईसकेको बताए । महोत्सवले मौलिकता जोगाउन एक महत्वपूर्ण कदम चालेको उनको भनाई थियो ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा कार्तिक २५ गते बिहान ११ बजे आयोजना हुने महोत्सवमा दर्शकका लागि निःशुल्क प्रबेशको ब्यवस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले बताए । महोत्सवले उठान गर्न खोजेको मुख्य विषय नै मौलिकता र समुदाय विशेषको देउसीभैलो भएकाले पोखरा र आसपासमा खेलिने समुुदाय विशेषको देउसी भैलोलाई सहभागिता गराईने उनको भनाई थियो । यसबाट हराउँदै गएको मौलिकतालाई दिगोपन दिने उद्धेश्य हाम्रो छ । जसबाट पर्यटनको राजधानी पोखरामा पर्यटकीय गतिविधि पनि बढाउन सकिने टेलिभिजनले दावि गरेको छ ।
महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धकका रुपमा रहेका छन् । त्यसैगरी गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहकार्य गरेका छन् । त्यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय बाणिज्य बंैक लगायतका संघ संस्थाहरुको सहकार्य रहेको बताइएको छ । महोत्सवमा सहभागी टिमले नगद पाँच हजार नगद प्राप्त गर्नेछन् उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पिएन घोषित गरिनेछ । च्याम्पिएन हुने टिमले अवार्ड सहित रु १५ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन