तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर २ गुणादीमा शुक्रबार देखि न्यु जेनेरेशन युवा क्लवको आयोजनामा तेस्रो गुणादी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्लवका अध्यक्ष शंकर रानाभाटको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद आशा कोइराला रहेकी थिइन ।

प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशकी सांसद आशा कोइरालाले गरेकी थिइन । उक्त अवसरमा स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तर सम्म चिनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताइन । जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

तेस्रो गुणादी कपको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकले विशेष पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिने खेल संयोजक विमल बस्नेतले जानकारी दिए । साथै प्रतियोगितामा ३६ समुहको सहभागिता रहेको बस्नेतले बताए ।

शुक्रबार आयोजक न्यु जेनेरेशन युवा क्लव र नवदिप युवा क्लब विच भएको खेलमा ३-१ गोल अन्तरले आयोजक विजयी भएको छ । प्रतियोगिता साउन १८ गते सम्म हुने र समापनको दिन राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ति मगरको समेत उपस्थिती रहने क्लवका अध्यक्ष शंकर रानाभाटले जानकारी दिए । कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम नन्दु थापा मगरको संचालन गरेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?