महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइँदै

laxmi Prasad-Devkota2

पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कालजयी कृतिमार्फत नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

देवकोटाका मुनामदन खण्डकाव्य, शाकुन्तल र प्रमिथस महाकाव्य, लक्ष्मी निबन्ध संग्रह, भिखारी कविता सङ्ग्रहलगायत निकै चर्चित कृति छन् ।

देवकोटा २०१५ सालमा पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटा जन्मिएको मैतिदेवीको घरलाई सरकारले सङ्ग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

देवकोटाको २०१६ भाद्र २९ गने काठमाडौँको पशुपति आर्यघाटमा निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ