नवलपुरको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । नाम वतन खुलिसकेको छैन ।
आज बिहान साढे ११ बजे देवचुली नगरपालिका मुण्डेस्थित गोरे घुम्ति, एस मोडमा ग १ ज ३२७० नम्बरको जिप सडक छेउको घरमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सिकिस्त घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । जिपमा चार महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।
जीप नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट दलदले आउँदै गरेकाे बताइन्छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग