तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ अनसन लाईनमा वडा कार्यालय तथा नगरपालिकाको आर्थिक सहयोगमा पुर्ननिर्माण तथा विस्तार गरिएको अनशन चौताराको शनिवार विधिवत पुजापाठ गरी उद्घाटन गरिएको छ । पुराना चौताराहरु भत्काएर एउटै स्वरुपमा निर्माण गरिएको चौताराको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बोलेर होइन काम गरेर देखाउनुपर्ने बताए । ‘जहाँ एकता हुन्छ त्यहाँ शक्ति हुन्छ र तव मात्र विकास तथा उदेश्य हासिल गर्न सकिन्छ’ न्यौपानेले भने ।
विकासका लागि राजनीतिक आस्था र मतभेद त्यागेर स्थानिय एक भए मात्र सम्भव हुने बताउँदै न्यौपाने प्रमुखले विकासमा परनिर्भरता बढेकोमा चिन्ता व्यक्त गरेका थिए । स्थानिय सरकार तथा सरकार माथि दायित्व थप भए पनि विकासका लागि स्थानियले सकृय चासो लिनुपर्ने बताएका थियो । अनशन चौतारा निर्माण उपभोक्ता समिति एवं पराशर टोल विकास संस्थाका अध्यक्ष सुदीप काफ्लेको अध्यक्षतामा आयोजित चौतारा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिकि उपप्रमुख पवित्रा पौडेल, वडा नं ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ, वडा सदस्य रविन पौडेल, स्थानिय बुद्धिजिवि डम्बर देव कैनी, समितिका उपाध्यक्ष सरस्वती न्यौपाने लगायतले योजना बारे चर्चा गरेका थिए ।

यसैबीच, अस्पताल प्रवेशद्धार निर्माण गरेको स्व. पुरुषोक्तम काफ्लेको परिवार दिप कुमारी काफ्ले सहितका परिवार, अस्पताल मार्गमा कालोपत्रे गर्ने हरिहर घिमिरेको परिवार तथा चौतारा निर्माणमा सहयोग गर्ने काफ्ले, संगम घर्ति, सोममाया गुरुङ्ग लाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सुदिप काफेलेले कुल २२ लाख ८ हजार लागत लागेको चौतारा निर्माण योजनामा १८ लाख ४२ हजार प्राप्त भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ