तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ अनसन लाईनमा वडा कार्यालय तथा नगरपालिकाको आर्थिक सहयोगमा पुर्ननिर्माण तथा विस्तार गरिएको अनशन चौताराको शनिवार विधिवत पुजापाठ गरी उद्घाटन गरिएको छ । पुराना चौताराहरु भत्काएर एउटै स्वरुपमा निर्माण गरिएको चौताराको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बोलेर होइन काम गरेर देखाउनुपर्ने बताए । ‘जहाँ एकता हुन्छ त्यहाँ शक्ति हुन्छ र तव मात्र विकास तथा उदेश्य हासिल गर्न सकिन्छ’ न्यौपानेले भने ।
विकासका लागि राजनीतिक आस्था र मतभेद त्यागेर स्थानिय एक भए मात्र सम्भव हुने बताउँदै न्यौपाने प्रमुखले विकासमा परनिर्भरता बढेकोमा चिन्ता व्यक्त गरेका थिए । स्थानिय सरकार तथा सरकार माथि दायित्व थप भए पनि विकासका लागि स्थानियले सकृय चासो लिनुपर्ने बताएका थियो । अनशन चौतारा निर्माण उपभोक्ता समिति एवं पराशर टोल विकास संस्थाका अध्यक्ष सुदीप काफ्लेको अध्यक्षतामा आयोजित चौतारा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिकि उपप्रमुख पवित्रा पौडेल, वडा नं ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ, वडा सदस्य रविन पौडेल, स्थानिय बुद्धिजिवि डम्बर देव कैनी, समितिका उपाध्यक्ष सरस्वती न्यौपाने लगायतले योजना बारे चर्चा गरेका थिए ।

यसैबीच, अस्पताल प्रवेशद्धार निर्माण गरेको स्व. पुरुषोक्तम काफ्लेको परिवार दिप कुमारी काफ्ले सहितका परिवार, अस्पताल मार्गमा कालोपत्रे गर्ने हरिहर घिमिरेको परिवार तथा चौतारा निर्माणमा सहयोग गर्ने काफ्ले, संगम घर्ति, सोममाया गुरुङ्ग लाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सुदिप काफेलेले कुल २२ लाख ८ हजार लागत लागेको चौतारा निर्माण योजनामा १८ लाख ४२ हजार प्राप्त भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला