पोखरा । सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा र भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई सम्मान गरेका हुन् । दुवै संस्थाले नेपालीका चाडपर्वको अवसरमा आईतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, मञ्चका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराईलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । विद्यालयले एसईई परिक्षामा देशभरबाट सर्वोत्कृष्ट स्थान हासिल गरेको र कक्षा १२ मा पनि उत्कृष्ट नतिजा ल्याई यस क्षेत्रकै गौरव बढाएको भन्दै सम्मान गरिएको बताईएको छ । सोही अवसरमा गण्डकी आईडल स्टार सिजन चारका नृत्य तर्फका विजेता पोखरा १९ चितेपानी निवासी करिना गहतराजलाई पनि नगद सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिर्खचीले समाजको विकास र उत्थानमा साहित्यीक संस्थाले लेखन र आवाज मार्फत योगदान पुर्याएको बताए । सोही अवसरमा भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आफ्ना आजिवन सदस्यलाई प्र्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा प्रतिष्ठानले गत भदौमा आयोजना गरेको खुला कृष्ण भजन प्रतियोगिताको आय व्यय पनि सार्वजनिक गर्यो । कार्यक्रमबाट १२ लाख ३६ हजार संकलन भएकोमा ६ लाख ८१ हजार खर्च भई ५ लाख ५५ हजार बचत भएको प्रतिष्ठानले जनाएको छ । बचत रकम भजन प्रतियोगिता संचालनका लागी अक्षयकोष स्थापना गरी राखिने अध्यक्ष हरि बहादुर बरुवालले जानकारी दिए । प्रतियोगितामा अर्थ संकलनमा उल्लेखिय भुमिका निर्वाह गर्ने प्रतिष्ठानका सदस्य रुपा केसीलाई पनि सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत र संचालन मञ्चका सचिव भीमवहादुर गायक तथा प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले गरेका थिए । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्र्यापण गरि स्मरण गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ