पोखरा । मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल संवत् ११४४ लाई पोखरामा भिन्तुना र्यालीसहित स्वागत गरिएको छ । नेवा खलः कास्कीले मंगलबार बिहान भिन्तुना र्याली निकाली पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरेको छ ।

कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली निकालिएको हो ।
पृथ्वीचोकबाट सुरु उक्त र्याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिएको थियो । भिन्तुना र्यालीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरूङ हुन् ।

पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उक्त र्यालीमा उत्कृष्ट हुने समूहहरु पुरस्कारको समेत व्यवस्था गरेको छ ।

नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । हाल नेवार समुदायले नेपाल सम्बत् नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने कान्तिपुर, पाटन र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् ।

सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।






सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन