पोखरा । नेपाली टेलीभिजन इतिहासमा एउटा बेग्लै पहिचान बनाउन सफल रियालीटी सो ‘हिमालय रोडिज’को दोस्रो संस्करण १४ श्रावण सोमबार देखि सुरु हुने भएको छ । हिमाल टेलिभिजन मार्फत प्रशारण हुने शो युवापुस्ताहरुका लागि लक्षित गरी निर्माण गरिएको हो । शो को प्रोमा केही दिनदेखि प्रसार भइरहेको छ ।

जसमा पहिलो संस्करणकी ‘विवादित’ जज दिया मास्के र प्रतिस्पर्धी बीचको घम्साघम्सी देखाइएको छ । यो संस्करणमा गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रस्तोताको रुपमा रहेका छन् । रेमनदास श्रेष्ठ, दिया मास्के र आशिष राना ‘लाउरे’ यसवर्ष पनि निर्णायकको भुमिकामा देखिदै छन् । १८ शृङ्खला प्रशारण हुने यो रियालीटी शोमा पाँच श्रृंखला, पाँचओटा शहर : चितवन, बुटवल, पोखरा, इटहरी र काठमाडौँमा गरिएको अडिसन राउण्ड हुनेछ, भने बाँकी १३ शृङ्खलामा जर्नी राउण्ड हुनेछ ।
सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै आकर्षक ढंगले प्रस्तुत गरेको कार्यक्रम आयोजकले जनाएको छ । हिमालय रोडिजको बिजेताले बीस लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड– २५० सीसी मोटर बाइक प्राप्त गर्नेछन् ।
हरेक साताको सोमबार साँझ ८ बजेदेखि हिमालय रोडिजमा प्रसार हुने यो शृङ्खला विवादका बिच पनि प्रसारणमा आउन लागेको हो । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रियालटी शो एम टिभी रोडिजको फ्रेन्चाइजको रुपमा गत वर्षदेखि नेपालमा पनि यो आयोजना सुरु भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ