पोखरा । नेपाल संवत ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलःकास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ ।
नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समय देखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका कार्य समिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।
यो पुरस्कार आगामी फागुन पहिलो साताकोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचःका अध्यक्ष भविष कुमार श्रेष्ठले जानकारी दिए । सो दिन नेवा खलः कास्कीलाई पुरस्कार सहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुचः ले जनाएको छ ।
नेवा खलःकास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए ।
सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०) माझी पुचका संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका थिए । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ ।
उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपाद्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागि २० लाखको अक्षयकोष खडा गर्ने उद्घोष गरे अनुसार झी पुचः विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचःले विशेष समिति मार्फत काम गर्दै आएको छ ।
बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम् पुरस्कृत गर्ने कार्ययोजना रहेको झि पुचः ले जनाएको छ ।
यो पुरस्कारबाट पहिलोपटक वि.सं. २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मासिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।
झीपुचः नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८ (नेपाल सम्बत ११०१) सालमा भएको थियो ।
आफ्नै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुचः ले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध –कयता पूजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।
यसका अलावा झि पुचः ले आफ्नै परिसरमा काठमाण्डौ पछि सबै भन्दा ठुलो आठ फिट उचाई भएको इष्ट देव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामग्री २ फिटको सिनम्ज्वलन्हेक र ५ फिटको सुकुण्डा प्रामाणमा निर्माण गरेको छ । अब पूर्व मै पहिलो नेवाः संग्रहालय निमार्ण गर्न गइरहेको पुचः ले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो