पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको उपाधि पश्चिमाञ्चल माविले जितेको छ।
नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो।
पश्चिमाञ्चल माविले उपाधि हात पार्दै ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ। दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल हात पाएको छ।
क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो। आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो।
प्रतियोगिता संयोजक बिनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरि १२ वटा शैक्षिक संस्थाले प्रतिश्पर्धा गरेका थिए। भलिवल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए।
क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुद सहित विविध कार्यक्रम आयोजना गर्दैछ। खेलमार्फत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको पराजुलीले बताईन् ।
विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने उनले बताईन् । उनले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताईन् ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा