पोखरा । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् ।
जापानमा रहेका राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए । राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । १० लाख राशी रहने कोषमा हालसम्म साढे ४ लाख बढी संकलन भइसकेको महासंघ गण्डकीले जनाएको छ ।
अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए । राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए । उनले जन्मदिनको अवसरमा रकम पठाएका हुन् ।
स्मृति प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइयो
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइएको छ । पहिलो चरणको छलफलले प्रतिष्ठान गठन गरिने र अध्यक्षमा उनकी धर्मपत्नी प्रतिभा पौडेललाई चयन गरिएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन् ।
मंसीर २३ गते एक कार्यक्रमका बीच प्रतिष्ठानको तदर्थ समिति घोषणा गरिने त्रिभुवनका दाजु चिरञ्जीवि पौडेल (उत्तम) ले जानकारी दिए ।
पत्रकार महासंघ गण्डकीले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा अक्षयकोष बनाउने घोषणा दुर्घटनाको केही दिनमै गरेको थियो । कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने, महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरेर जुटाउने निर्णय गरेको थियो ।
गत वर्ष माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार अन्य ७१ जनासँगै ३७ वर्षीय पौडेलको पनि निधन भएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो