पोखरा । मंसिरको तेश्रो साता हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र बनाइएको छ ।
पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेला मंसिर २१ मंसिरदेखि १ पुससम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । मेलाको मुख्य प्रायोजन लक्ष्मी हाउसको समृद्धि स्टिल्सले गरेको संघले जनाएको छ ।
‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेका छन् ।
संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, वास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शन गरिनेछ ।
यस्तै, नयाँ औद्योगिक उत्पादन, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा समावेश हुनेले बताए । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको अध्यक्ष प्रजापतिले जानकारी दिए ।
मेलामा बिक्री हुने प्रत्येक टिकटको १० रुपैयाँ भूकम्पपीडितका लागि सहयोग गरिने उनले बताए । मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादन जोडिएको र जोडिनेक्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
मेलाको स्टल निर्माण सुरु भइसकेको छ । यो पटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।
मेलाको तयारीका लागि वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक पनि सम्पन्न भइसकेको संघका महासचिव बलराम आचार्यले बताए ।
यता, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्नेमा जोड दिँदै महिलाहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन आग्रह गरिन् ।
सो अवसरमा पोखरा प्लाष्टिक व्यवसायी समिति अध्यक्ष ऋषिराम शर्मा, सचिव परशुराम तिवारी, पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले मेला सफल बनाउनेबारे आआफ्ना सुझाव राखेका थिए ।
सम्बन्धित समाचारः
पोखराको औद्योगिक व्यापार मेला मंसिर अन्तिम साता
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह