स्याङ्जाको पञ्चकन्या माविका बाली विज्ञानका विद्यार्थीहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरण गरिने भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाममा स्थित पन्चकन्या माध्यमिक विद्यालयका प्राविधिक धार बाली विज्ञान तर्फका विद्यार्थीहरुले आफैं सिक्दै, पढ्दै, कमाउँदै गर्ने अभियान अन्तर्गत कृषि उपजहरु उत्पादन गर्न लागेका हुन् ।
उनीहरुले आफ्नो विद्यालयमा पठनपाठन सँगसँगै हुने अतिरिक्त क्रियाकलाप मध्ये कृषि उपज उत्पादनलाई पनि जोड दिँदै बिक्रीवितरण गरी अतिरिक्त लाभ लिन सकिने बताउँछन् ।
विद्यालयले २ रोपनी जग्गा लिजमा लिएर विद्यार्थीहरुलाई पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै कृषि कार्यमा जोड्न सिक्दै पढ्दै साथै कमाउँदै अभियान शुरु गरिएको विद्यालयका शिक्षक पृथ्वी सुवेदीले बताए ।
उनले सो अभियानबाट विद्यालय, विद्यार्थी, अभिभावक साथै सरोकारवाला सबैलाई अतिरिक्त फाइदा हुने जानकारी दिए । आगामी दिनमा यस अभियानलाई निरन्तरता दिएर उपयुक्त समयमा एउटा नर्सरी स्थापना गरी कृषि उपज उत्पादन, च्याउखेती, सयपत्री फुल उत्पादन साथै विरुवाहरु उत्पादन गर्दै बिक्रीवितरण गरेको र अझ थप व्यवस्थित गर्दै विद्यार्थीहरुलाई यस्तै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने शिक्षक सुवेदीले बताए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?