पोखरा १३ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

पोखरा १३ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

406232717_886810112675552_7238241632494504124_n

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए ।

उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले संचालन गरिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds