म्याग्दी । गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे ४ महिनाको अवधिमा ५६ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ गतेसम्म ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार ३ सय ४९ राजस्व संकलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व संकलन गरेका हुन् । मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितका अनुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीले ६ करोड ४७ लाख ३९ हजार ९ सय २६, बाग्लुङले ४ करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुरबाट ६ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुम्रेबाट ४ करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व संकलन भएको छ ।
गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट ४ करोड १० लाख ७ हजार १ सय २३ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २४ करोड र २०७९/८० मा ३ अर्ब १७ करोड राजस्व संकलन गरेका यातायात कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुसार नै राजस्व संकलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता टीकाराम पौडेलले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब १५ करोड राजस्व संकलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जालीले यातायात कार्यालयहरुको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको जनाए ।
चालु आर्थिक वर्ष सुुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुग्जालीले उल्लेख गरे ।
सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले बताए । सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीका प्रमुुख जितेन्द्रजंग केसीले बताए ।
दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, संघीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवा प्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुखहरुले बताएका छन् । रासस
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’