तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजारस्थित मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु गरिएको छ ।
मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएकोे हो । अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको उनले बताए । हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ, उनले भने, “पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।”
ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।
पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ । उक्त खण्ड रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने सम्झौता भएको छ ।
त्यसैगरी पृथ्वीराजमार्गको पूर्वी खण्ड अन्तर्गत डुम्रे बजार क्षेत्रका एक सय साठी वटा भौतिक संरचनाको रु १५ करोड १३ लाख मुआव्जा निर्धाररण गरिएको छ ।
त्यसैगरी सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाको रु ६ करोड बराबरको मुआब्जा निर्धारण गरिएको इञ्जिनीयर पाण्डेले जानकारी दिए ।
डुम्रे बजारका तीन/चारजना बाहेक अन्य सबैले मुआब्जाको पहिलो किस्ता लिएका छन् भने दमौलीमा करिब ४० जनाले मुआब्जाको पहिलो किस्ता लिएका छन् । यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ ।
राजमार्गको पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए ।
२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजार मा ठेक्का सम्झौता भएको छ । उक्त खण्डमा हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । रासस
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर