पोखरा । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ ।
बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् ।
अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ ।
काठमाडौं र पोखरासहित यो फिल्मलाई भारत, श्रृलंका, दुवै र फ्रान्समा समेत खिचिएको छ । यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ । नेपालकी चर्चित नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारको समेत अभिनय रहेको फिल्मबाट विष्णु आशावादी छन् । फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको उनले सुनाए । साउथ फिल्म मन पराउने दर्शकले हिटम्यान रुचाउने उनले बताए ।
साउथ फिल्ममा जस्तो प्रविधि प्रयोग गरेर हिटम्यान निर्माण गरिएको जानकारी उनले गराए । अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीले इण्डो नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
पत्रकार सम्मेलनमा नेपालका लागि वितरक केदार पराजुली लगायतको उपस्थिति थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन