ओली नयाँपुलमा बेहुला-बेहुलीलाई आशीर्वाद दिन घरमा पसेपछि खुशीयाली (तस्वीर/भिडियाे)

ओली नयाँपुलमा बेहुला-बेहुलीलाई आशीर्वाद दिन घरमा पसेपछि खुशीयाली (तस्वीर/भिडियाे)

114056591oli bihe ma 2

नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग हुँदै झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा छन् । यात्राकै क्रममा विद्यार्थीले `केपी बा´ भन्दै नारा लगाएको, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्वागत गरेको भिडियो र तस्वीर भाइरल छन् ।

पर्वतबाट पोखरा आउने क्रममा बिहीबार अध्यक्ष केपी शर्मा ओली बेहुलाबेहुलीलाई आशीर्वाद दिन विवाह घरमा पसे । कास्कीको अन्नपूर्ण गाउँपालिका-५ नयाँपुलका सञ्जय केसी र संगीता केसीलाई सडकछेउको घरमा पसेर उनले वैवाहिक जीवनको शुभकामनासहित आशीर्वाद दिएका हुन् ।

उनले बेहुलाबेहुलीलाई माला लगाइदिएका थिए । बेहुलाबेहुलीको परिवार एमालेनिकट रहेको बताइएको छ । नयाँपुल कास्की र पर्वतको सीमाना हो ।

ओली पर्वतको कार्यक्रम सकेर पोखरा आउने क्रममा नयाँपुलमा नेता-कार्यकर्ता स्वागत गर्न बसेका थिए । स्वागतद्वार आडैमा विवाह भइरहेपछि नेकपा एमालेका प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले ओलीलाई उक्त घरसम्म पुर्‍याएका हुन् । बैरागी यही कास्की-३ बाट निर्वाचित सांसद हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds