तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बेलभन्ज्याङमा मंगलबार बिहान बस र ट्रक एकआपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । दुर्घटनामा परि ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दमौली बाट डुम्रेतर्फ जाँदै गरेको ५ ख ३८३० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । लालिमा यातायातको बस पोखराबाट कटारीको लागि छुटेको थियो । उक्त दुर्घटनामा यात्रु र चालक गरि १९ जना घाइते छन् ।
घाइते मध्ये ५ जनाको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए । अन्य १० घाइतेहरुको दमौली स्थित रत्नहरि अस्पताल र ४ जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार पनि तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते भएका थिए ।
यो पनि पढ्नुहोस :
तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’