क्यान्सर रोगबाट मुक्त बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि पोखराका १५ युवाले कपाल दान गरेका छन् ।
यहाँको मेलमिलाप युवा क्लब र पोखरा वडा नं. १३ ले संयुक्त रुपमा आयोजना गरेको कपाल दान कार्यक्रममा १६ जना युवक युवतीले कपाल दान गरेका हुन् । सबै गरी १६ युनिट कपाल प्राप्त भएको क्लबका अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक कृतन वाग्लेले जानकारी दिए । सबै दाताहरु विद्यार्थी नै रहेका छन् ।
मिङ्मा फाउण्डेश र हेयर क्राउनको सहयोग रहेको कार्यक्रममा सलुन पार्टनरका रुपमा युनिसेक्स सलुन जोडिएको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालको सहयोग रह्यो ।
दान जस्तो महान् कार्यमा समर्पित भई क्यान्सर निको बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि कपाल दान गरिदिएकोमा वाग्लेले धन्यवाद व्यक्त गरे ।
कपाल दान गर्नेहरुमा अञ्जली लम्साल (अम्बिका), सुचिता गुरुङ, दिपेश बराल, सृष्टि लामिछाने, सोनु कार्की, दिपेश गौतम, सोबित बराल, एलिशा अधिकारी, अनिशा अधिकारी, रविना दवाडी, विवेक परियार, सुमित्रा गुरुङ, तारा गुरुङ, डिम्पल क्षेत्री र शम्भवि गुरुङ रहेका छन् । अधिकारी दिदीबहिनीबाट यस अघिको कपालसमेत दान भएकाले १६ युनिट संकलन भएको अध्यक्ष वाग्लेले बताए ।
सोमबार सृष्टि बराल र आर्मीमा भर्ना भएकी अर्की साथीले पनि कपाल दान गर्न लागेको उनले जनाए । कपाल दान गर्न चाहनेहरू सम्पर्कमा ल्याएर यो अभियानलाई निरन्तरता दिइने उनले बताए ।
कपाल दाता अञ्जली लम्सालले आफूले धेरै बर्ष अघि पूरै काटेको कपाल संरक्षण गरी राखिरहेकोमा अहिले हस्तान्तरण गरेको बताइन् । उनले कपाल दान अभियान नै सञ्चालन भएकाले दान गर्ने उपयुक्त स्थान पाएको बताउँदै आयोजकलाई धन्यवाद दिइन् ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो