विगत पनि जाडो याममा चलेको चिया पिउदै समाजसेवा अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
पहिलो पाईला नेपाल, पोखरा शाखाले चिया पिउदै समाजसेवा अभियान लेकसाइडबाट सुरु गरेको हो । पोखराका विभिन्न ठाउँहरुमा कार्यक्रम एक हप्ताभर चल्ने शाखाकी उपाध्यक्ष निशा पौडेलले जानकारी दिइन् ।
यस अभियानबाट संकलित रकम दुर्गम भेगका निम्न वर्गका विद्यार्थीका लागि प्रदान गरिने उनले जनाईन् । ‘जो शिक्षाको उज्यालोबाट बञ्चित हुनुहुन्छ, उहाँहरुलाई विद्यालयसम्म पुर्याउनु र त्यहाँ पढ्ने वातावरण सिर्जना गर्नु नै अभियानको उद्देश्य हो ।’ पौडेलले भनिन् – ‘विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अर्थात् झोलाभित्र सम्पूर्ण शैक्षिक सामाग्री, पर्सनल हाईजिनका सामाग्री, टिफिन बाकस, रुमाल आदि) र ‘न्यानो माया अभियान’ अन्तरगत टोपी, स्विटर, ट्रयाक सुट र न्यानो कपडा जो जाडोको समयमा एक सरो न्यानो कपडा फेर्न सक्दैन । उनीहरुको लागि वितरण गरिनेछ ।’
संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य रञ्जित दनैका अनुसार यसअघि पनि संस्थाले विभिन्न ठाउँहरुमा विभिन्न शैक्षिक अभियान, भाग्य बोक्ने झोला अभियान, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम र दैवीप्रकोप बाढी, पहिरो, भुकम्पको बेला राहत र उद्धार गर्दै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन