पोखरा । पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ ।
तालिममा महानगरपालिकाका विभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ ।
पोखरा महानगरपालिका –१७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सीपको भरपुर उपयोग गरि व्यवसायि एवम् स्वरोजगार बन्न सहभागिलाई आग्रह गरिन् ।
स्वदेश होस् वा विदेशमा दक्ष जनशक्ति बेरोजगार बस्नु नपर्ने हुँदा महानगरले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले तालिममा प्रत्येक घण्टाको महत्व हुने हुँदा त्यसमा सहभागि र प्रशिक्षक सचेत रहनु पर्ने आवश्यकता औल्याइन् ।
पोखरा महानगरपालिका आर्थिक महाशाखा व्यापार प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सिप प्रमाणपत्रका आधारमा महानगरले दुई देखि पाँच लाखसम्म विनाधितो ऋण प्रदान गर्दै आएको जानकारी दिए ।
२०७९ पुस महिनादेखि कार्यविधि निर्माण गरेर शुरु गरेको व्यवसायिक एवम् रोजगार कार्यक्रम अन्तर्गत महानगरले ३०७ जनालाई तालिम प्रदान गरि विनाधितो साता करोड ५० लाख लागनी गरेको उनको भनाई छ ।
उनका अनुसार तालिम प्राप्त युवाहरुले विशेष गरि कफिसप, कृषि, टिसुपेपर, आइटी, नौमती बाजा, बालबालिका सहजकर्ता, सैलुन सञ्चालन, मोटरसाईकल, ट्याक्टर मर्मत लगायत बिभिन्न १३ विधामा तालीम सञ्चालन गरि ऋण लगानी गर्ने योजना रहेको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषकका लागि सरकारी स्तरबाट अनुदानमा वितरण गरिएका हाते ट्याक्टर मर्मत एवम् सञ्चालन गरेर प्रवद्र्धन केन्द्रबाट उत्पादिन जनशक्ति स्वरोजगार भई कृषि पेशामा लाग्न समेत प्रेरित गर्दै आएको बताए ।
राइट फर चिल्ड्रेन कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमको महत्व माथि प्रकाश पार्नुभएको कार्यक्रममा व्यूटी सैलुनका प्रोपाईटर विजेन क्षेत्री र शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ का शिशिर गोदार कपाल काट्ने, फेवास, थ्रेडिङ, फिसिल लगायत विभिन्न विधामा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको महानगर प्रवद्र्धन केन्द्रका सिर्जना वस्ताकोटीले जानकारी दिइन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’