विशेष अदालतले गण्डकी यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित सात कर्मचारीलाई भ्रष्टाचारी ठहर गरेको छ।
अदालतले उक्त कार्यालयको तात्कालिन निमित्त कार्यालय प्रमुख झलक पौडेल शाखा अधिकृतद्वय भरतमणि बराल तथा भरतराज काफ्ले र कम्प्युटर अपरेटरहरु प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा र मोहनमणि सुवेदीलाई भ्रष्टाचारी ठहर गरेको हो । कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र अधिकृत हरिप्रसाद गौतमले भने सफाई पाएका छन् ।
लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्रि गरेको भन्दै बिशेष अदालतले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको समाचारमा जनाइएको छ।
उनीहरुबिरुद्ध गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ सालको चैतमा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये एकसय ६६ जना परीक्षार्थीहरुलाई पास गराएका थिए ।
२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको योगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु