पोखरा। कास्की प्रहरीले अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिकाका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पोखरा -६ जरेबरबाट लागु औषध गाँजा १ किलो र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित प्रहरीले चितवन रत्ननगर -९ घर भइ जरेबरमा डेरा गरी बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा -१७ ड्यामसाइड घर भएका २१ वर्षीय बिजन सापकोटालाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्यूरो शाखाबाट खटिएको प्रहरीले सन्दिपलाई १ किलो गाँजा र बिजनलाई उक्त परिमाणको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकबाट थप २ जना पक्राउ गरेको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८ बगालेटोल बस्ने बर्ष २३ को राजन कुँवर र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ न्यूरोड बस्ने बर्ष ३३ को बिष्णु कुँवरको साथबाट लागू औषध डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा