पोखरा। कास्की प्रहरीले अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिकाका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पोखरा -६ जरेबरबाट लागु औषध गाँजा १ किलो र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित प्रहरीले चितवन रत्ननगर -९ घर भइ जरेबरमा डेरा गरी बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा -१७ ड्यामसाइड घर भएका २१ वर्षीय बिजन सापकोटालाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्यूरो शाखाबाट खटिएको प्रहरीले सन्दिपलाई १ किलो गाँजा र बिजनलाई उक्त परिमाणको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकबाट थप २ जना पक्राउ गरेको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८ बगालेटोल बस्ने बर्ष २३ को राजन कुँवर र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ न्यूरोड बस्ने बर्ष ३३ को बिष्णु कुँवरको साथबाट लागू औषध डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’