पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन) कास्कीले बृहत् बाल प्रतिभा महोत्सव आयोजना गर्ने भएको छ ।
एनप्याव्सन कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले यहि पुस ६ गतेदेखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।
पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने महोत्सवमा लोकनृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता र कविता वाचन प्रतियोगिता आयोजना हुने जनाइएको छ ।
लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लोक संस्कृतिप्रति आकर्षित गर्नका लागि यी प्रतियोगिताहरु राखिएको एन.प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
महोत्सवमा आविश्कार तथा अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगितापनि आयोजना गर्ने एन.प्याव्सन कास्कीले जनाएको छ । विज्ञान तथा प्रविधिको आवश्यक्ता र महत्वलाई आत्मसाथ गर्दै आविश्कार तथा अपसाईक्लिङ/रिसाईक्लिङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।
त्यस्तै, मौलिक परम्परागत हस्तकलाबाट निर्मित वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनीपनि महोत्सवमा गरिने उनले जानकारी दिए । ‘मौलिक परम्परागत हस्तकलाका सामानहरुको संरक्षण र सम्वद्र्धन गर्न विद्यार्थीहरुले नै बनाएका वस्तुहरुको प्रदर्शनी प्रतियोगितात्मक रुपमा गर्छौं’–उनले भने ।
उनका अनुसार महोत्सवमा नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेका पारम्परिक वस्तुहरु पराल, छ्वाली, चोया र पातबाट बनेका सामग्रीको छुट्टाछुट्टै प्रतियोगितात्मक प्रदर्शनी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिने उनले बताए ।
तीन दिनसम्म महोत्वसमा एन.प्याव्सन कास्कीमा आबद्ध ४७ वटै विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सव सम्पन्न गर्न करीब १५ लाख लाग्ने अनुमान गरिएको एनप्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्