पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादिका अन्दाजी ३२ बर्षका सागर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतले जनाएको छ ।
सोमबार राति १० बजेतिर कुश्माबाट आउँदै गरेको ग २१ प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ ।
पर्वत ट्राफिकका अनुसार स्थानीयले स्कुटर चालकलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि लगिएको र थप उपचारका लागि पोखरा पठाएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्षत क्षेत्रीय अस्पतालमा ल्याइएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।
स्कुटरमा अझै अर्को व्यक्ति पनि सवार भएको आशंका गरिएपनि सागर मात्रै रहेको पर्वत प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सीसीक्यामेराको सहायताले खोजी गरेको थियो ।
सम्बन्धित खबर
पोखरा वडा नं. १५ द्वारा ‘खेल्छ गण्डकी’का प्रशिक्षार्थी टेनिस खेलाडीलाई सहयोग
१५ वर्षीय बालिकालाई करणी गरि गर्भवती बनाएकोमा हरिनासका रिम बहादुर पक्राउ
नेपाल ज्योतिष परिषद् कास्की अध्यक्षमा रामजी निर्वाचन
पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा
यूनाइटेड क्लब पोखराद्वारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग
जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग