पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ लगायतले आ आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए ।
महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्ने अठोटका साथ सम्पूर्ण गण्डकी प्रदेशबासी र विभिन्न निकायका सरकारी संघ संस्था लगायत अन्य संघ संस्था, महिला समुह लगायत सम्पूर्ण अवलोकन कर्ताको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौँ संस्करण सम्म आइपुगेका र बाह्रौँ पोखरा महोत्सवलाई पनि सफल बनाउनका लागि पूर्ण सहयोगको अपेक्षा ब्यक्त गरे । त्यसैगरी बाह्रौँ पोखरा महोत्सवको अन्य विवरणहरु क्रमश संप्रेशण हुने जानकारी दिने क्लबका महासचिव एवं बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन